KhabarUjyalo

असार १ गतेदेखि मतदाता नामवली दर्ता गरिने 

३१ जेष्ठ २०७९, मंगलवार
असार १ गतेदेखि मतदाता नामवली दर्ता गरिने 

काठमाडौं । असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु हुने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सोमबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सो जानकारी दिएका हुन्।

उनले सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयहरुबाट मतदाता नामावली दर्ता गर्न सकिने बताए। त्यस्तै अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने उनले स्पष्ट पारे।

प्रमुख निर्वाचन आयुक्त थपलियाले एउटा मात्र पदमा उम्मेदवारी दिने दलको उम्मेदवार महिला हुनुपर्ने गरी आयोगले कानुन बनाउने बताए। उनले यसपटकको स्थानीय तह निर्वाचनमा दलीय उम्मेदवारी र गैरदलीय मतदानको अभ्यास भएको भन्दै सोही अभ्यासका कारण धेरै मतपत्र बदर भएको हुनसक्ने तर्क गरे।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo