KhabarUjyalo

काठमाडौंमा एकबिहानै ४.७ रेक्टरस्केलको भूकम्प

२८ जेष्ठ २०७९, शनिबार
काठमाडौंमा एकबिहानै ४.७ रेक्टरस्केलको भूकम्प

काठमाडौं । शनिबार बिहानै भक्तपुरको चागुनारायण केन्द्रबिन्दू भएर भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार शनिवार बिहान २ बजेर ३६ मिनेट जाँदा उक्त भूकम्प गएको हो ।

उक्त भूकम्प ४.७ रेक्टरस्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो ।

प्रत्यक्ष महसुस हुनेगरी काठमाडौं उपत्यकामा लामो समयपछि भूकप्प आएको मापन केन्द्रले जनाएको छ ।
शनिबार बिहानको भूकम्पसँगै मानिसहरु घर बाहिर निस्केका थिए। कतिपय निदाएका मानिसहरुसमेत उठेका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo