धनगढी : सुदुरपश्चिम स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा भएको छ । प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाको आयोजनामा जेठ ११-१२ गते कैलालीको अत्तरियामा सम्पन्न हुने सुदुरपश्चिम स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा भएको छ।
पढौँ पढाऔँ निरन्तर शिक्षाका लागी पुस्तकालय जाऔँ,सबल समाजको आधार पुस्तकालयको बिकास र बिस्तार। एक स्थानीय तह एक नमुना पुस्तकालय हाम्रो अभियान भन्ने मुल नाराका साथ सुदुरपश्चिम प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको उद्घाटन सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले गर्ने आयोजकले जनाएको छ ।
उक्त सम्मेलनलाई सफल पार्न विभिन्न उप समितीहरु गठन गरिएको छ। जसमा सांस्कृतिक संयोजक लिलाधर बाँस्कोटा,आवास तथा भोजनालय संयोजक धर्मसिंह कुँवर,अतिथी सत्कार तथा मंन्च ब्यवस्थापन संयोजक कमला भट्टराई र प्रतिनिधि ब्यवस्थापन तथा समन्वय संयोजक भुपेस जोशी लाई जिम्मेवारी प्रदान गरिएको र कार्यक्रमको तालिकाहरु तयारी अवस्थामा रहेको पुस्तकालयका अध्यक्ष पुस्पराज जोशीले बताए ।
सम्मेलनमा सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला मध्ये पहाडी जिल्ला बाट १-१ जना र कैलाली कंचनपुरका सामुदायिक पुस्तकालय बाट २-२ जना ब्यक्तिको प्रतिनिधित्व रहनेगरि सुदुरपश्चिम प्रदेश भित्रका ३० वटा सामुदायिक पुस्तकालयहरुको प्रतिनिधित्व हुनेछ।
उक्त सम्मेलनलाई सुदुर पश्चिम् प्रज्ञा प्रतिस्ठान,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय,सामाजिक बिकास मन्त्रालय,नेपाल सामुदायिक पुस्तकालय संघ र रिड नेपालको समन्वय/सहकार्यमा सो कार्यक्रम हुन लागेको कार्यसमिति सदस्य तथा प्रतिनिधि ब्यवस्थापन उप-समिती सदस्य हेमन्त राज जोशी(बाजे) ले जानकारी दिए