
बैतडी – दार्चुलामा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक जना वृद्ध घाइते भएका छन् । नौगाड गाउँपालिका – ३ जामिर बस्ने ८० वर्षिय वृद्ध अम्मर सिंह ठगुन्ना ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका हुन ।
बुधवार बिहान साढे चार बजेतिर चिया पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा वृद्ध घाइते भएको वडा अध्यक्ष राय सिंह ठगुन्नाले जानकारी दिएका छन ।
घाइते वृद्धका आगलागीबाट हात खुट्टाको छाला जलेको वडा अध्यक्ष ठगुन्नाले बताए । घाइते अम्मरको अहिले गोकुलेश्व अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

