

कञ्चनपुर – मंगलबार मध्यराति आएको हावाहुरीले घरमाथि रुख ढल्दा कञ्चनपुरमा २ जना घाइते भएका छन । सुतिरहेका बेला घरमाथि रूख खस्दा भीमदत्त नगरपालिका–१८ सालघारीमा दुई जना घाइते भएका हुन ।
घाइते हुनेमा बर्दियाका २४ वर्षीय गणेश चौधरी र २१ वर्षीय हेलु चौधरी रहेका छन ।
उनीहरु जेबी कन्स्ट्रक्सनमा कामदारका रुपमा कार्यरत थिइ । घाइते गणेशको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सामान्य घाइते भएका हेलु चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेक जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले जानकारी दिएका छन ।
उनले जिल्लामा धेरै ठाउँमा क्षति पु-याएको भएपनि यकिन विवरण नआएको बताए ।
