KhabarUjyalo

दार्चुलामा भरुवा भन्दुकसहित एकजना पक्राउ

९ जेष्ठ २०८०, मंगलवार
दार्चुलामा भरुवा भन्दुकसहित एकजना पक्राउ

दार्चुला । दार्चुलामा भरुवा भन्दुकसहित एक जना पक्राउ गरेका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका ९७ पासादेउ बस्ने ५८ वर्षीय केशरसिंह धामीलाई एकनाले भरूवा बन्दुकसहित सोमवार साँझ पक्राउ परेका हुन्।

प्रहरीका अनुसार धामीलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। धामीको खुद्रा पसल नजिकै झाडीमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo