KhabarUjyalo

सिस्नु टिप्न गएका दिदीबहिनी मृत फेला

२३ चैत्र २०७९, बिहीबार
सिस्नु टिप्न गएका दिदीबहिनी मृत फेला

सुर्खेत । रुकुम पूर्वमा सिस्नु टिप्न गएका दिदीबहिनी मृत फेला परेका छन् ।

बुधबार साँझ घरबाट सिस्न टिप्न गएका पुथाउत्तरगंगा गाउँपालिका-३ रन्माका १० वर्षीय रीना बुढामगर र ८ वर्षीय कालिमाया बुढामगर मृत फेला परेको हुन् ।

उनीहरु एकैघरका दिदीबहिनी रहेकाे प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिएका छन् ।

उनीहरु घरबाट सिस्नु टिप्ने भन्दै गएको र साँझ घरमा नआएपछि आफन्तले खोजस् गर्दा बिहीबार बिहान ६ बजे मृतक देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पाण्डेले भने,‘ हामी खबर पाए लगत्तै रुकुम पूर्वको सदरमुकाम देखि घटनास्थल सम्म पुग्दैछौं । उक्त ठाउँ भौगोलिक विकटता भएका कारण शव निकाल्न पनि समस्या हुन्छ । मृतकको घर देखि अन्दाजी १ सय मिटर तल भिरमा शव छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo