KhabarUjyalo

खानका लागि ठिक्क पारिएको माछा जिउँदो भएपछि….

२३ चैत्र २०७९, बिहीबार
खानका लागि ठिक्क पारिएको माछा जिउँदो भएपछि….

काठमाडौं :​ जापनाको एक रेस्टुरेन्टमा ग्राहकलाई खानका लागि दिएको माछा जिउँदो भएपछि अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

ट्वीटरमा साझा गरिएको एउटा भिडियोमा ग्राहकलाई खानका लागि पस्किएको माछासहितको परिकार देख्न सकिन्छ। माछाका पारखी ती व्यक्तिले  जब खानका लागि माछाको मुखमा चपस्टिक लैजान्छन् माछाले चपस्टिकलाई मुखमा हालेको देख्न सकिन्छ। माछाले चपस्टिकलाई छाडेन र ती व्यक्तिको माछा खाने प्रयास असफल भएको छ। ​

ओडी टेरिफाइट नामको ट्वीटरबाट साझा गरिएको भिडियोका प्रयोगकर्ताले लेखका छन्,  रेस्टुरेन्टमा खानका लागि दिएको थालीमा माछाले चपस्टिक काट्दै। 

भिडियोमा देखिएअनुसार त्यहाँ माछा र सलाद सबै छ। सन् २०२३ फेब्रुअरी २३ मा शेयर गरिएको भिडियोलाई अहिले ९ लाख बढीले हेरेका छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo