KhabarUjyalo

सरकारको न्यूनतम् साझा कार्यक्रममा सहमति, साँझ ५ बजे सार्वजनिक हुने

२३ चैत्र २०७९, बिहीबार
सरकारको न्यूनतम् साझा कार्यक्रममा सहमति, साँझ ५ बजे सार्वजनिक हुने

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका १० दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम् साझा कार्यक्रममा सहमति गरेको छ।

बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले न्यूनतम् साझा कार्यक्रमलाई अन्तिम रुप दिएको हो । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरुबीचमा सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको र आजै सार्वजनिक गरिने जानकारी दिए ।

बेलुकी ५ बजेसम्म दल र नेताहरूले सुझाव दिनसक्ने र आजै न्यूनतम् साझा कार्यक्रम सार्वजनिक सार्वजनिक गर्ने निर्णय भएको उनले बताए। गत पुस २६ गते प्रचण्डले पहिलो पटक विश्वासको मत लिएको दिन सरकारका न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गरिएको थियो । प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिएर कांग्रेस सहभागी भएपछि पुनः साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo