KhabarUjyalo

उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै, आजै चुनाव चिह्न दिइने

२३ चैत्र २०७९, बिहीबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै, आजै चुनाव चिह्न दिइने

काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गरिँदै छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिनका लागि निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म समय तोकेको छ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि आजै नै आयोगले चुनाव चिह्न दिने छ।तनहुँ–१, बारा–२ र चितवन–२ मा आगामी वैशाख १० गते प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ।

आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपनिर्वाचनको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ ।तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि ती स्थानमा उपनिर्वाचन हुन लागेको हो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएकाले चितवन–२ मा उपनिर्वाचन गर्न लागिएको हो। २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo