KhabarUjyalo

धनगढीका मुख्य चोकमा न पिउने पानी न शौचालय,पानी पिउन र शौच गर्न होटल पस्नु पर्ने !

४ बैशाख २०७८, शनिबार
धनगढीका मुख्य चोकमा न पिउने पानी न शौचालय,पानी पिउन र शौच गर्न होटल पस्नु पर्ने  !


धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्य ब्यवसाय केन्द्र रहेको धनगढी बजारमा सार्वजनिक शौचालय र पिउने पानीको समस्या रहेको छ । दैनिक धेरै सवारी साधनको आवत जावत भईराख्ने धनगढी बजारका मुख्य चोकहरुमा पिउने पानी र सार्वजनिक शौचालय नहुदा डियुटीमा खटिएका ट्राफिक प्रहरी,जनपद प्रहरी,सेवाग्राही,यात्रु समस्यामा परेका छन् ।

बिहानदेखि साझसम्म चर्को गर्मीमा सडकमा उभिएर डियुटीमा खटिएका ट्राफिक प्रहरी र जनपद प्रहरीले झनै पीडा खेप्नु परेको छ । पानी पिउन र शौच गर्न नजिक होटलमा जानू पर्ने बाध्यता रहेको धनगढी चौराहामा डिउटीमा खटिएका एक प्रहरीले बताए । धनगढीको चटकपुर, चौराहा,बसपार्क अगाडि,एलेनचौक,हस्पिटललाईमा हामीहरुको डियूटी पर्छ । ती सबै ठाउँमा सार्वजनिक शौचालय छैन,भने कतै पिउने पानीको पनि नरहेको उनले बताए ।

यस्तै डिउटी मै खटिएकी एक महिला ट्राफिकले भनिन् – ‘चर्को गर्मिमा सडकमा सवारी साधनको चेक जाचमा खटिएका हुन्छौ,पानी पिउन होटल जानू पर्छ भने शौच गर्न पनि होटलमै जानू पर्दा ठूलो समस्या छ ।’

न ठाउँमा शौचालय छ, शौचालय जानुपर्ने बाध्यता कम गर्न तिर्खा खेपेरै ड्युटीमा खटिनु परेको पनि गुनासो गरिन । सन्चो–बिसन्चो केही भन्न पाइँदैन, पुस–माघको चिसो होस् या वैशाख–जेठको गर्मी, आफ्नो डियुटी गर्न सडकमा उभिनै पर्छ सार्वजनिक शौचालय र पिउने पानीको ब्यवस्था भए धेरै सहज हुने डिउटीमा खटिएका प्रहरीले बताए ।

दैनिक सवारी चालकदेखि पैदलयात्रुसँग विभिन्न तरिकाका सामना गर्नुपर्छ । मुख्य बजारमा सार्वजनिक शौचालय नहुदा र पिउने पानीको ब्यवस्था नहुदा डियूटीमा खटिएका ट्राफिक प्रहरी र जनपद प्रहरीले समस्या भोग्नु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले बताए । धेरै पटक धनगढी उपमहानगरपालिकालाई शौचालय र पिउने पानीको समस्या बारे जानकारी गराएको र चाडै बनाउने भन्ने गरेको उनले गुनासो गरे ।  हामीसङ्गै जनपद प्रहरी,यात्रुहरुलाई पनि समस्या रहेको बताए ।

यता धनगढी उपमहानगरपालिकाले भने मुख्य चौकमा सार्वजनिक शौचालय र पिउने पानीको ब्यवस्था गर्ने योजना पहिलेनै रहेको तर शौचालय र पिउने पानीका लागि जग्गा नभेटिएकोले बनाउन नसकिएको जनाएको छ । चौराहा,एलेनचौक,अस्पताललाईन,पार्कमोडमा सार्वजनिक शौचालय र पिउने पानीको ब्यवस्था गर्न उपमहानगरपालिकाले योजना भईसकेको र जग्गाको टुंगो नलागेकोले निर्माणको काम अगाडि नबढेको धनगढी उपमहानगरपालिकाकि उपप्रमुख सुशिला भट्ट मिश्रले बताईन ।

स्थायी रुपमा पिउने पानीका धारा निर्माण नहुन्जेलसम्म केहिदिनमै मुख्य चौकहरुमा अस्थायी रुपमा भएपनी पिउने पानीको ब्यवस्था गरिने उपप्रमुख मिश्रले बताईन । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo