२२ असार २०७९, बुधबार

शिवपुरी धामको अध्यक्षमा बल्देवप्रसाद भट्ट

२८ चैत्र २०७७, शनिबार
[Sassy_Social_Share]
शिवपुरी धामको अध्यक्षमा बल्देवप्रसाद भट्ट

धनगढी: धनगढीमा रहेको शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ्ग धामको अध्यक्षमा बल्देवप्रसाद भट्ट चयन भएका छन्। शनिबार शिवपुरी धाममा भएको ९औं साधारण सभामा भट्टलाई अध्यक्ष चयन गरेको हो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा मदनबहादुर कुँवर, उपाध्यक्षमा सिद्धराज पनेरु, महिला उपाध्यक्षमा सीता खड्का, महासचिवमा योगेश मल्ल, सचिवमा भीमबहादुर कुँवर, त्यस्तै धनबहादुर भण्डारी, कोषाध्यक्षमा अर्जुन भट्ट र सह–कोषध्यक्षमा दानसिंह धामी चयन भएका छन्। 

सदस्यहरुमा रमेश पाण्डेय, सावित्री कार्की, लोकराज भट्ट, लक्ष्मी शाही, दुर्गा मल्ल, डिल्लीराज भट्ट, ज्ञानु शाह, नविन रावल र पृथ्वीराज घिमीरे चयन भएका छन्। 

कैलाली क्षेत्र नम्बर ५ का संघीय सांसद नारदमुनी रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभाको अध्यक्षता श्याम सुन्दर तायलले गरेका थिए ।

कार्यक्रमका सञ्चालक रहेका धामका निर्वतमान सचिव सिद्धराज पनेरुले निर्वाचन संयोजक अभिवक्ता प्रयागराज भट्टले निर्वाचन गरी सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरेको बताए। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo