KhabarUjyalo

धनगढीका मदन भट्ट डेढ करोड बढिको लगानीमा ‘चिकेन स्टेशन’ संचालनमा ल्याउदै !

२७ चैत्र २०७७, शुक्रबार
धनगढीका मदन भट्ट डेढ करोड बढिको लगानीमा ‘चिकेन स्टेशन’ संचालनमा ल्याउदै !

धनगढी :  सुदूरपश्चिममै पहिलो पटक धनगढीमा अत्याधुनिक सहितको ‘चिकेन स्टेशन ’ सञ्चालनमा आउने तयारीमा रहेको छ । लामो समयदेखि बिमा कम्पनीमा कार्यरत तथा सामाजिक कार्यमा सक्रिय रहेका धनगढीका युवा मदन भट्टले एकल लगानीमा डेढ करोड बढीको लगानीमा बैशाखको तेस्रो साता धनगढीको चटकपुरमा ‘चिकेन स्टेशन’ सञ्चालनमा ल्याउने तयारीमा रहेका हुन् ।

सुदूरपश्चिममा चिकेन स्टेशनको पहिलो शाखा र देशभरीमा ४६ शाखाको रुपमा संचालनमा आउन लागेको हो ।

चिकेन स्टेशनमा ग्राहकको स्वास्थ्यलाई मध्य नजर राख्दै हाईजेनिक किचन `ए ग्रेड´ को अत्याधुनिक किचन सामाग्री सहितको किचन बनाएको उनले बताए । चिकेन स्टेशनमा स्पेसल कुखुराको परिकार रहेपनी मटन,म:म,बिरियानी, कबाब सहित भेज परिकारहरुका साथै आइसक्रीम पार्लर पनि संचालन हुने भट्टले बताए ।

चिकेन स्टेशनबाट पैसा कमाउनु उदेश्य भन्दापनी ग्राहकले पैसा तिरेर चाहेको सेवामा सन्तुष्ट दिने उदेश्य रहेको बताए । अन्तरास्ट्रिय ब्रान्ड KFC मा १४ बर्ष देखि मेनेजर पदमा कार्यरत चिकेन विशेषज्ञ साथै काठमाडौको बाजेको सेकुवा लगायतका अनुभवी सेफहरुद्वारा सेवा प्रदान गरिने चिकेन स्टेसन आफैमा एउटा गज्जबको रेस्टुरेन्ट बनाउन लागिपरेको संचालक भट्टले बताए ।

‘आफुले पैसा कमाउने उदेश्य भन्दा ग्राहकले तिरेको रकमबाट सन्तुष्टि भएर सेवा लिउन र ग्राहकले सेवा लिई सकेपछि भन्नुन् यस क्षेत्रमा पनि यस्तो रेस्टुरेन्ट रहेछ !’ उनले भने- ‘चिकेन स्टेशनमा चिकेन मात्र पाईन्छ भन्ने होईन,चिकेन स्टेशन ब्राण्ड हो चिकेनसङ्गै मटन,म:म,बिरियानी,कबाब सहित भेज परिकारहरुका साथै आइसक्रीम पार्लर पनि  पाइने छ ।’

चिकेन स्टेसनमा बर्थ डे र म्यारिज यनिभर्सरीको लागि विशेष कक्ष,लाइभ म्युजिक र सानो पार्टीको लागि बिशेष कक्ष निशुल्क रुपमा ब्यबस्था गरिएको छ । एक चोटि चिकेन स्टेशनमा आएका ग्राहकलाई पुर्ण सन्तुष्टि प्रदान गरि पुनः सेवा लिन आउने गरि ग्राहकलाई सन्तुष्टि बनाउने चाहाना रहेको बताए ।

चिकेन स्टेशन संचालनमा आएपछि प्रत्यक्ष रुपमा १५ जनाले रोजगार पाउने संचालक भट्टले बताए ।

यस क्षेत्रमा चिकेन स्टेशनको फ्रेन्चाईज आफ्नैमार्फत हुने भएकोले सुदूरपश्चिमका मुख्य शहरमा केही समयमा शाखा बिस्तार गरिने संचालक भट्टले बताए ।

संचालक भट्ट चिकेन स्टेशनमै मुगल्स खजाना संचालनमा ल्याउने तयारीमा रहेका छन् । कोरोना भाइरस फैलिन लागे पछि खजना संचालनमा ल्याउन ढिलाई हुने उनले बताए । ‘मुगल्स खजाना संचालन गर्ने तयारी रहेको तर खजना संचालनका लागि सेफ भारतबाट ल्याउनु पर्ने भएकोले अहिले कोरोना भाईरस कारण रोकिएको छ।’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo