KhabarUjyalo

पदमुक्त चार मन्त्रीलाई पुनः सपथको तयारी

२७ चैत्र २०७७, शुक्रबार
पदमुक्त चार मन्त्रीलाई पुनः सपथको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारबाही गरेपछि सांसद पदमुक्त भएका चार मन्त्रीले फेरि सपथ खाने भएका छन् । उनीहरु शुक्रबारदेखि पुनः सपथ नखाई मन्त्रालय नजाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरु पुनः सोही मन्त्री पदमा पुनर्नियुक्ति गर्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् ।

प्रतिनिधिसभा सदस्य नरहेपछि मन्त्रीबाट स्वतः पदमुक्त हुने भएकाले पुनर्नियुक्ति नहुन्जेल मन्त्रालय नजाने शहरी विकासमन्त्री प्रभु साहले बताएका छन् । पुनः मन्त्री पदमा नियुक्त भएर सपथग्रहण गर्नुपर्ने भएकाले त्यतिञ्जेलमा उनीहरु मन्त्रालय नजाने भएको हो ।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइन लागेको हो ।

६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउनेछन् । माओवादीले गृहमन्त्री रामवहादुर थापाको राष्ट्रियसभा सदस्य पदबाट खारेज गर्ने सूचना दिइ नसकेकाले बादलसमेत पदमुक्त भएपछि एकैपटक पुनर्नियुक्ति गर्नेबारे छलफल भइरहेको स्रोत भनाइ छ । दृष्टिबाट

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo