धनगढी : नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखाको मतगणना सुरु भएको छ । कैलाली जिल्ला शाखाको अध्यक्ष पदका लागी श्रवण देउवा, सुशील ढुङ्गाना र हिमालय जोशी प्रतिस्पर्धी रहेका छन् । हिजो सम्पन्न भएको महासंघको २६ औँ महाधिवेशनमा कैलालीमा अहिले मतगणना सुरु भएको छ ।
श्रवण देउवा प्रेस युनियन,प्रेस चौतारी लगायतको गठबन्धनबाट उम्मेदवार हुन भने सुशील ढुंगाना ओलि पक्ष निकट प्रेस चौतारी संगठनबाट उम्मेदवार दिएका हुन ।
यस्तै हिमाल जोशी स्वतन्त्र रुपमा पत्रकार महासंघ कैलालीको अध्यक्षमा उम्मेदवार दिएका हुन् ।
हिजो भएको निर्वाचनमा १९३ सदस्यमध्ये १८७ मत खसेको हो ।