काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई कारबाही गर्ने निर्णय गरेको छ ।
कारबाही गरेको निर्णयबारे जानकारीसहितको पत्र संसद् सचिवालयलाई बुझाउने तयारी रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
पत्र प्रमुख सचेतक देब गुरूङले तयार पारिरहेको ती नेताले जानकारी दिए ।
माओवादीका तर्फबाट ओली नेतृत्वको सरकारमा गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र खेलकुदमन्त्री दाबा तामाङ रहेका छन् ।