KhabarUjyalo

भीम रावल सुदूरपश्चिममा समानान्तर कमिटी घोषणा गर्ने तयारीमा

२४ चैत्र २०७७, मंगलवार
भीम रावल सुदूरपश्चिममा समानान्तर कमिटी घोषणा गर्ने तयारीमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको खनाल-नेपाल समूहका नेता भीम रावलले समानान्तर कमिटी बनाउने भएका छन् ।

सोमबारदेखि धनगढीमा सुरु भएको खनाल-नेपाली समूहको प्रदेशस्तरीय विस्तारित बैठकले समानान्तर कमिटी बनाउने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, भीम रावल लगायत चार जना नेतालाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।

निलम्बनपछि पहिलो पटक धनगढीमा बसेको प्रदेश कमिटीको बैठक मंगलबार पनि जारी रहनेछ । जेठ २ अघिका कमिटीहरूलाई सक्रिय बनाउँदै लैजाने तयारी भएको बैठकमा सहभागी एक नेताले बताए । 

९ वटै जिल्लामा जिल्ला बैठक राखी कमिटीहरू तयार गर्न निर्देशन जारी हुने तायारी समेत भएको छ । नेता रावलले बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली समूहले गरेको एकपक्षीय निर्णयहरू कार्यान्वयन नहुने जानकारी गराएका थिए ।

बैठकमा नेपाल समूहका नेता रावलसहित, नेपाल समूहका प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावल, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू उपस्थित छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo