Khabar Ujyalo

को हुन् पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको महासचिव पदका उम्मेदवार शिवराज भट्ट !

२१ चैत्र २०७७, शनिबार
को हुन् पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको महासचिव पदका उम्मेदवार शिवराज भट्ट !

धनगढी : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको महासचिव पदमा शिवराज भट्टले उम्मेदवार दिएका छन् । प्रेस चौतारी प्यानलका तर्फबाट पत्रकार महासंघको सुदूरपश्चिम प्रदेशको महासचिवमा भट्टले उम्मेदवारी दिएका हुन् ।

विगत २४ वर्षदेखि पत्रकारिता पेशामा सक्रिय रहेका भट्ट । २०५३ सालमा भारतीय पत्रिका अमर उजालाको कञ्चनपुर संवाददाता भएर पत्रकारिताको यात्रा सुरु गरेका थिए। उनी दैनिक जागरणमा पनि कार्यरत रहे  

२०५९ सालमा धनगढी आएका भट्ट सोही बेलादेखि अन्नपूर्ण दैनिकको कैलाली संवाददाताका रुपमा काम गर्र्दै आएका थिए। २०६२ सालदेखि करिब ४ वर्ष उनले धनगढीबाट प्रकाशित हुने सुदूर सन्देश दैनिकको कार्यकारी सम्पादकका रुपमा पनि काम गरेका थिए। 

भट्टले २०६७ सालदेखि धनगढीकै दिनेश एफएमको सम्पादक भएर करिब साढे ७ वर्ष काम गरेका थिए। लामो समयदेखि व्यवसायिक रुपमा पत्रकारितामा आवद्ध भट्टले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हक हितका लागि महा–सचिव पदमा आफ्नो उम्मेदवारी दिएको उनले बताए। 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.