KhabarUjyalo

पत्रकारले मेलम्ची खानेपानीको विषयलाई महत्वका साथ प्रकाशित नगरेर अतिरञ्जित गरे : प्रधानमन्त्री

२१ चैत्र २०७७, शनिबार
पत्रकारले मेलम्ची खानेपानीको विषयलाई महत्वका साथ प्रकाशित नगरेर अतिरञ्जित गरे : प्रधानमन्त्री

काठमाडौं । ‘काठमाडौंमा नै संवाददाता छैन, लाइभ हेर्ने रिपोर्टर छैन । यस्ता छन् पत्रकार । तर, यस्ताहरु छन् । मामुली कुरा उचाल्छन् तर, राष्ट्रिय महत्वका कुरा उठाउँदैनन् । मेलम्ची काठमाडौंमा पानी आउने कुरा युगान्तकारी कुरा हो । राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन् । अनि राजीनामा मागियो प्रधानमन्त्रीको भनेर हेडलाइन बनाउँछन् ’

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बालुवाटारमा पत्रकारहरुविरुद्ध खनिनु भयो । एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ कार्यक्रममा बोल्दै मामुली कुरा उचाल्ने तर, राष्ट्रिय महत्वका कुरा नउठाउने भन्दै पत्रकारको झाँको झार्नुभयो ।

मिडियाले मेलम्ची खानेपानीको विषयलाई महत्वका साथ प्रकाशित नगरेर अतिरञ्जित गरेकोमा प्रधानमन्त्री ओलीले आपत्ति जनाउनुभएको छ । उहाँका अनुसार देशमा त्यस्तो खालको राष्ट्रिय महत्वका कुरा उठाउने मिडिया नै नेपालमा छैन ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo