KhabarUjyalo

भारतमा एकैदिन २५ सय बढी सङ्क्रमित थपिए, ३३ को मृत्यु

१० बैशाख २०७९, शनिबार
भारतमा एकैदिन २५ सय बढी सङ्क्रमित थपिए, ३३ को मृत्यु

एजेन्सी । कोरोना भाइरसका कारण भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन ।

संघीय स्वास्थ्य मन्त्रालयले दैनिक सङ्क्रमित र मृतकहरूको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गइरहेको जनाएको छ । यसअघि शुक्रबार सार्वजनिक भएको विवरणमा दुई हजार ४५१ जना सङ्क्रमित भएको देखिएको थियो ।

मृतकको सङ्ख्या शनिबार भन्दा बढी ५४ रहेको थियो । पछिल्लो एक दिनमा एक हजार ६५६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या भने घट्दै गएको छ ।

मन्त्रालयका अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १५ हजार ७९ रहेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo