KhabarUjyalo

स्थानीय तहको निर्वाचन पार्टीविहिन हुनुपर्छ : नेता डा. भण्डारी

६ बैशाख २०७९, मंगलवार
स्थानीय तहको निर्वाचन पार्टीविहिन हुनुपर्छ : नेता डा. भण्डारी

काठमाडाैं – नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले स्थानीय तहको निर्वाचन पार्टीविहिन हुनुपर्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत नेता भण्डारीले जनप्रतिनिधिको छनोट स्थानीय तहको महत्त्व र आवश्यकताको आधारमा छलफलबाट गर्नुपर्नेमा जोड दिएका छन् ।

‘स्थानीय तह बेरोजगारी घटाउने ठाउँ पक्कै होइन। यो त जनताको सबैभन्दा नजिकको सबै प्रकारका सेवा तत्काल उपलब्ध गराउने अत्यन्तै जिम्मेवार एवम् संवेदनशील निकाय हो’, उनले भनेका छन्, ‘तसर्थ स्थानीय तहको निर्वाचन पार्टीविहीन हुनुपर्दछ भन्ने विचार विगतको अनुभवले सत्य प्रमाणित गराएको छ । जुन परिपक्वत र सत्य बिचार संविधान निर्माणको क्रममा उक्त कुरा संविधानसभामा राख्ने अवसर गुल्मेली जनताले मलाई दिई सकेको छ ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo