२२ असार २०७९, बुधबार

वृद्धभत्ता केही समयभित्रै महिनाको ५ हजार पुर्‍याउँछौं– प्रधानमन्त्री ओली

२० फाल्गुन २०७७, बिहीबार
[Sassy_Social_Share]
वृद्धभत्ता केही समयभित्रै महिनाको ५ हजार पुर्‍याउँछौं– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक ९वृद्ध० भत्ता लगायत लक्षित वर्गले पाइरहेको सामाजिक सुरक्षा भत्ता केही समयभित्रै ५ हजार पुर्‍याइने बताएका छन् ।

बिहीवार सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मासिक १ सयबाट शुरू भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको बताए ।

ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति लगायतलाई सरकारले हेरिरहेको उनले बताए । ओलीका अनुसार लक्षित वर्गलाई १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बिमा समेत गरिएको छ ।

बिहीवार शिलान्यास गरिएको आयोजना सम्पन्न भएपछि तराईका जिल्लामा १ लाख २२ हजार बिघा जमिनमा सिँचाइ र ३१ मेगावाट विद्युत् उत्पादन हुने प्रधानमन्त्री ओलीले बताए

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo