धनगढी : नेकपा ओली समूहकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले आफू नेपाल कम्युनिस्ट पार्टीको हिरा भएको बताएकी छन् । पत्रकार ऋषि धमलाको कार्यक्रम जनता जान्न चाहन्छन् मा आफू नेकपाको हिरा हु,हिरालाई पर्कने क्षमता प्रधानमन्त्री केपि शर्मा ओलिमा भएकोले आफुलाई राष्ट्रियसभामा ल्याएको बताएकी हुन् ।
यस्तै उत्त कार्यक्रममा उनले भनिन्,‘नेपाल कम्युनिष्ट पार्टीको म हिमाल हुँ, पहाड हुँ । अन्नपूर्ण हिमाल हुँ, मेरो उचाई देखेर नेपाल कम्युनिष्ट पार्टीमा मेरो अध्यक्ष केपी ओलीले आफ्नो पार्टीमा आमन्त्रण गर्नुभएको हो । म दाबी गर्छु, म यो पार्टीको एउटा ईमानदार कार्यकर्ता हुँ । विकासको नेतृत्व केपी ओलीले गर्नुभएको छ ।’