KhabarUjyalo

छोराले ओगटेको सम्पत्ति फिर्ता गर्न माग गर्दै बुबा–आमा मिडियामा

१९ फाल्गुन २०७७, बुधबार
छोराले ओगटेको सम्पत्ति फिर्ता गर्न माग गर्दै बुबा–आमा मिडियामा

काठमाडौं, १९ फागुन । जेठो छोरा प्रेमराज श्रेष्ठले काठमाडौंमा भएको घर ओगटेकोे भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् ।

आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मलेन गर्दै पर्वत कुश्मा वडा नम्बर ५ स्थायी घर भएका बुवा हरि कुमार श्रेष्ठ र आमा कमलादेवी श्रेष्ठले छोराले घरसहित आधा सम्पत्ति रोक्का गरेर कुटपिट गर्दै आएको जानकारी दिएका हुन् ।

पत्रकार सम्मलेनमा बोल्दै हरी बहादुरले सानो भ¥याङमा भएको सानो भ¥याङस्थित ७० हजार रुपैयाँ महिनाको भाडा आउने तीन तलाको घर छोराले ओगटेको बताए । उनले छोरीले इजरायल बसेर कमाएर पठाएको १ करोड ३८ लाख रुपैयाँले पैसाले घर र घडेरी किनेको जानकारी दिए ।

‘छोरीको नागरिकता हामीसँग नभएकोले आमाको नाममा घर पास गरिएको हो’ उनले भने, ‘तर छोराले त्यही सम्पत्तिलाई दाबी गरेर छोरीलाई सम्पत्ति दिएको भन्दै मुद्दा दिएको छ ।’

श्रेष्ठले छोरा प्रेमराजा श्रेष्ठलाई २०५८ सालमा चिनमा एमबीबीएस अध्ययन गर्न पठाएको, ०७२ सालसम्ममा एमबीबीएस, पीएचडी सकेर नेपाल फर्किएकोे र १४ वर्षसम्म एमबीबीएसदेखि पीएचडीसम्म आफ्नो जायजेथाले पढाएको बताए ।

उनले छोराले आफूलाई मुद्दामा बाबु नाता पर्ने लेखेकोमा दखेसो गरे । उनले भने, ‘अहिले छोराले मेरोआमा बुबा होइन भन्छ ।’

उनले छोराले आफूलाई डाक्टर भन्दै अंकलोजीमा पीएचडि गरेको र सिभिल अस्पतालमा काम गरेको सुनेको उल्लेख गरे । तर आफूहरुबीच बोलचाल नभएको पनि उनले सुनाए ।

उनले तीन तलाको घरमा छोराले एकलौटी तरिकाले ओगटेको हुनाले आफूहरु आफन्तकोमा शरणार्थी भएर बस्दै आएको बताए । ‘१६ कोठाका घर भएर पनि हामी शरणार्थी भएर हिड्न परेको छ’, उनले भने ।

कार्यक्रममा बोल्दै आमा कमलादेवीले रातदिन दुःख गरेर छोरालाई हुर्काएको, पढाएको छोराले मुख छाड्दा मन दुखेको बताइन् ।

‘छोराले मलाई आज आमा होइन भन्दा बोली रोकिन्छ’, उनले भनिन् । छोराको लागि गरेको मैले दुख प्रमाण देखाउन परेको भन्दै आराम गर्ने बेलामा मुद्दा मामिलामा हिँड्न परेको गुनासो गरिन् ।

उनले छोरा–छोरीलाई हुर्काएको पनि प्रमाण हुन्छ र ? प्रतिप्रश्न गरिन् । यस्तो छोरा कसैको कोखमा जन्म नलिउन भन्दै उनले भनिन्, ‘यस्तो छोरालाई जन्म दिने भगवानको पनि आँखा अन्धो हुनुपर्छ ।’

उनले भनिन्, ‘भगवानले यस्तालाई जन्म दिन भन्दा गर्भमै तुहियोस् र कसैलाई यस्तो छोरा नदिउन् ।’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo