Khabar Ujyalo

नगरबाल संजाल धनगढीद्वारा बालबालिकालाई योगदान पुर्याए बाफत ४ जनालाई सम्मानित

१८ फाल्गुन २०७७, मंगलवार
नगरबाल संजाल धनगढीद्वारा बालबालिकालाई योगदान पुर्याए बाफत ४ जनालाई सम्मानित

धनगढी : नगरबाल संजाल धनगढीले बालबालिकाका अधिकार लागि लगातार योगदान पुर्याउने ४ जनालाई सम्मानित गरेको छ । मंगलबार एक कार्यक्रमका बिच सिविन नेपाल कैलाली जिल्ला संयोजक विष्णुमाया पौडेल,धनगढी उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख टंक बहादुर विष्ट,धनगढी उपमहानगरपालिका महिला विकास अधिकृत पंकजा कुमारी जोशी र नगर बाल सञ्जाल धनगढीकी उपाध्यक्ष लक्ष्मी जोशी सम्मानित गरेको हो ।

धनगढी नगर भित्र रहेकाबालबालिका लागि विभिन्न क्षेत्रबाट लगातार योगदान पुर्याए बाफत नगर बाल संजाल धनगढीले सिविन नेपाल कैलाली जिल्ला संयोजक विष्णुमाया पौडेल,धनगढी उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख टंक बहादुर विष्ट,धनगढी उपमहानगरपालिका महिला विकास अधिकृत पंकजा कुमारी जोशी र नगर बाल सञ्जाल धनगढीकी उपाध्यक्ष लक्ष्मी जोशीलाई सम्मानित गरिएको नगर बाल संजालका अध्यक्ष बिजयराज जोशी जानकारी दिए ।

उत्त सम्मानित कार्यक्रमको सभापति नगर बाल संजालका अध्यक्ष विजयराज जोशी रहेका थिए भने प्रमुख अतिथि वडा नं १ का वडा अध्यक्ष सन्तोष मुडभरी रहेका थिए ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.