KhabarUjyalo

कञ्चनपुरको गुलरिया बजारमा जापानिज, कोरियन भाषा सेन्टर खुल्यो !

२३ फाल्गुन २०८१, शुक्रबार
कञ्चनपुरको गुलरिया बजारमा जापानिज, कोरियन भाषा सेन्टर खुल्यो !

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरिया बजारमा जापानिज भाषा, कोरियन भाषा सेन्टर खेलेको छ ।

धनगढीमा रहेको साइनिङ्ग स्टार एजुकेसन सेन्टरले आफ्नो शाखा शुक्रबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरिया बजारमा जापानिज भाषा, कोरियन भाषा सेन्टर खोलेको हो ।

गुलरिया बजारमै जापान र कोरियामा अध्ययन गर्न र काम गर्न जाने चाहने व्यक्तिलाई दक्ष तथा अनुभवी शिक्षकहरुबाट भाषा सिकाउन शाखा खोलिएको सञ्चालक चक्र मल्लले जानकारी दिए ।

शाखा उद्घाटनमा कृष्णपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख, क्याम्पसका स्वबियु पदाधिकारी, साइनिङ्ग स्टार एजुकेसन सेन्टरका आवद्ध विद्यार्थी, शिक्षक र समाजसेवीको सहभागी रहेको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo