KhabarUjyalo

गीतकार डा. खतिवडाको हिन्दी गीतको पुस्तक ‘कैसा मन मस्ताना प्यारे’ बजारमा

७ चैत्र २०८०, बुधबार
गीतकार डा. खतिवडाको हिन्दी गीतको पुस्तक ‘कैसा मन मस्ताना प्यारे’ बजारमा

काठमाडौ : गीतकार डा.हेमन्त खतिवडा को हिन्दी गीतको किताब ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित भएको छ ।

उक्त किताबमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकारले समेटेका छन् । यस कृतिमा दुई शय वटा हिन्दी गीतहरु रहेका छन्, दुई शय पृष्ठमा किताब तयार भएको छ । गीतहरु प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन् ।

गीतकार खतिवडा भन्छन् – ‘प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ, प्रेम गीत लाई पनि म दर्शन सँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।’

ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको यस गीत संग्रह का गीतहरु को बनोट र प्रस्तुति को जुन तरिका छन् ती कलात्मक र बिम्वात्मक छन् । शव्दहरू सरल छन् तर ती शव्दहरू ले बोक्ने भाव गम्भीर छन् ।उनका गीतहरुमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन् । प्रस्तुत पुस्तकमा प्रस्तुत गरिएका गीतहरुमा प्रेमका विविध स्वरूपहरु लाई विभिन्न आयामहरूबाट ब्याख्या गरिएको छ ।

आकर्षक कागज र राम्रो छपाई मा आएको गीत संग्रह रोमान्टिक गीतहरुको संग्रह नै बन्न पुगेको छ ।वि.सं. २०५३ मा नातिकाजीको स्वर संगीतमा मनमा काडा बिझेपछि बोलको गीत रेकर्ड गराएर सांगीतिक क्षेत्रमा उदाएका खतिवडा का दर्जनौं नेपाली गीत चर्चित छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo