KhabarUjyalo

कर्णाली पुलमा क्षति भएपछि सवारी साधन गुड्न बन्द

२९ फाल्गुन २०८०, मंगलवार
कर्णाली पुलमा क्षति भएपछि सवारी साधन गुड्न बन्द

कर्णालीको पुलमा गुड्दागुड्दैको ट्रकमा आगलागी भएपछि पुलका लठ्ठामा समेत पनि क्षति भएपछि सवारीसाधन गुड्न बन्द गरिएको हो ।

वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा.५प ५२९७ नम्बरको ट्रकमा सोमबार अपराह्न आगलागी हुँदा पुलका दुवैतिरका गरी करिब १४ लठ्ठामा क्षति पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीले बताए ।

यातायातका साधनलाई हुलाकी राजमार्गअन्तर्गत टीकापुर–कोठियाघाटको बाटोस्थित कर्णाली नदीको पुलबाट ‘डाइभर्ट’ गरिएको छ ।

पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मंगलबार घटनास्थल जाँदै छ ।

आगलागीबाट ट्रकमा पूर्ण रूपमा क्षति भएको छ भने त्यसमा रहेको सामान पूर्ण रूपमा नष्ट भएको छ । चालक र सहचालकलाई भने सकुशल उद्धार गरिएको छ । दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा डेढ घन्टापछि आगो नियन्त्रणमा आएको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo