‘कमल’ सायद सबैको प्रीय फुल
पिडा बिर्सिन्छ मान्छे, फुलको लालित्यमा
रोज्दैन उस्को धरातल कसैले
अपनाउदैन उसको दु:ख कसैले
छरिरहन्छ मिठो सुगन्ध
लोभ्याइरन्छ मौरी र पुतलीहरु
चिन्दैनन फुलको शक्ति सबैले
लुकाइरहन्छ दुर्गन्ध हिलोको
फुल जस्तै छ मानिसको कथा
सफलता उस्को सबैलाइ प्रीय हुन्छ
हिड्न खोजिरहेका पाइलाहरुमा
कहिल्यै बिश्वास भर्दैन कसैले
स्वार्थी छ दुनियाँको साथ
न त मन , न त मस्तिष्क नै छ साथी
लागिरहन्छन दबाउन उस्का उडान उमंगका
बतासे भैइदिन्छन फेरि फेरि
धुवा उडाउछन ताकी बाटो नै हराओस उस्को
ए मान्छे! मलाई हराउन देउ म भित्रै
न आउ मेरो समिपमा
मलाई चाहिन्न तिम्रो शिथिलता , न न्यानो
मलाइ प्रकिती जस्तै रम्न देउ यसैगरी
नलगाउ मेरा बातहरु
तिमि सङ्ग सम्बन्धमा छैन अब कहिल्यै
बस्न देउ मलाई स्वतन्त्र
नसिकाइ देउ मेरो स्वतन्त्रता अनि महत्त्व
हुन छैन, तिमी द्वारा सिर्जित ‘पुर्ण ‘
शुभकामना तिमिलाइ ‘पुर्ण’भैइ बस्न सकौ
✒अन्जु कुवँर, धनगढी
