KhabarUjyalo

कविता: खुकुरी हैन हातमा कलम समाऊ !

१ चैत्र २०७९, बुधबार
कविता: खुकुरी हैन हातमा कलम समाऊ !

प्यारा विद्यार्थी एउटा अर्ति सुनाऊँ?
खुकुरी हैन हातमा अब कलम समाऊ!
पढी लेखि ज्ञानी बन, राम्रो नाम कमाऊ!
कति शान्त छ नेपाल सबैलाई देखाऊ

मेहनती माहुरी बन दुई दिने चोलामा
हात नहाल खोक्रा अरिङ्गालका गोलामा
न बगाऊ सुनौलो भविष्य आँधी खोलामा
पार्टीका पर्चा हैन किताब बोक झोलामा!
झन्डा हैन अब कपी-किताब थमाऊ
खुकुरी हैन हातमा अब कलम समाऊ!

झन्डा त के हिजो बन्दुक नै उठाएका !
तिम्रा भन्दा अझै चर्का नारा लगाएका !!
कलेज छाडी हडतालको पछि धाएका
परदेशमा छन् अतीत सम्झी पछुताएका

प्यारा विद्यार्थी एउटा अर्ति सुनाऊँ?
खुकुरी हैन हातमा अब कलम समाऊ!

उही तिम्रो परदेशी
बिष्णु प्रसाद जोशी

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo