
सप्तरी – सप्तरीकाे बोदेबर्साइन नगरपालिका-५ मा गएराति माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।
बीआर ३२ वाई ६०५७ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भएर पाेलमा ठाेक्किँदा चालक सप्तरी बलान बिहुल गाउँपालिका-४ का ५५ वर्षीय विशाे मण्डलकाे ज्यान गएकाे हाे ।
माेटरसाइकलकाे पछाडि बस्ने त्यही ठाउँका १८ वर्षीय कमलेश कुमार शर्माकाे भने जीवन ज्योति अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

