KhabarUjyalo

यूएईसँगको खेलमा नेपाल ब्याटिङ गर्दै

२२ फाल्गुन २०७९, सोमबार
यूएईसँगको खेलमा नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ । दुबई इन्टरनेशनल मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । आजको खेल लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि महत्त्वपूर्ण छ।

लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बाब्वेमा हुने १० टिम सम्मिलित विश्व कप क्वालिफायर खेल्न पाउनेछ । स्कटल्यान्ड र ओमानले शीर्ष दुईमा रहेर विश्व कप छनोटमा स्थान पक्का गरिसकेको छ । तेस्रो हुनका लागि नेपाल, यूएई र नामिबिया होडमा छन् ।

३६ खेल खेलिसकेको नामिबिया ३९ अङ्कसहित तेस्रो स्थानमा छ र नेपालले नामिबियालाई पछि पार्न बाँकी रहेका पाँच वटै खेल जित्नुपर्नेछ । यदि नेपालले आज यूएईलाई पराजित गरेमा तेस्रो हुने सम्भावना कायम रहन्छ । यदि हारेमा शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउने अवसर बाँकी रहन्छ ।

नेपालले बाँकी पाँचमध्ये तीन खेल जिते पनि शीर्ष पाँचमा स्थान पक्का गर्नेछ । आज यूएईमा खेलिसकेपछि बाँकी ४ खेल नेपालको घरेलु मैदानमै हुनेछन् । यूएईका लागि पनि नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा पुग्न नेपालविरुद्ध खेल जित्नै पर्ने अवस्था छ ।

यूएई ३१ खेलबाट ३१ अङ्कसहित पाँचौँ स्थानमा छ । समान खेलबाट नेपाल ३० अङ्कसहित छैटौँ स्थानमा छ । ३६ खेल खेलिसकेको अमेरिका ३५ अङ्कसहित चौथो स्थानमा छ ।   

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo