KhabarUjyalo

माओवादी युद्धले नेपालमा राजतन्त्र ढलेको होइन : ओली

२१ फाल्गुन २०७९, आईतवार
माओवादी युद्धले नेपालमा राजतन्त्र ढलेको होइन : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले माओवादी युद्धका कारण नेपालमा राजतन्त्र नहटेको दाबी गरेका छन् ।

आइतबार सुखानी स्मृति प्रतिष्ठानले राजधानीमा गरेको कार्यक्रमा सम्बोधन गर्दै ओलीले स्वार्थका लागि माओवादीले १७ हजार मान्छे मारेको आरोप लगाए ।

‘माओवादी युद्धले राजसंस्था ढलेको होइन । ०६५ मा संविधानसभाले राजतन्त्र हटायो, माओवादीले हटाएको होइन होला ? जनयुद्धले राजतन्त्र कब्जा गरेको होइन होला नि ? १७ हजार के को लागि मारियो ?’, माओवादीमाथि उनले प्रश्न उठाए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo