
धनगढी । सुदूरपश्चिममा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन । माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले दुई तिहाइ मत पाएका हुन शाहलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिएका छन । ५३ प्रदेश सभा सदस्य मध्ये मुख्यमन्त्री शाहले ४१ मत पाएका छन ।
यसअघि गठबन्धनबाट नेकपा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । रावलले तोकेको समयमा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका शाहलाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका थिए । मुख्यमन्त्री शाहलाई मुख्यमन्त्री पदमा कायम रहनको लागि फागुन २५ सम्ममा विश्वासको मत लिइसक्ने पर्ने पर्ने थियो ।

एकिकृत समाजवादीको मात्रै साथ पाएर मुख्यमन्त्री बनेका शाहले केन्द्रमा पुरानो समिकरण भत्किएर कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति लगायत दलको समीकरण बनेपछि सहजै विश्वासको मत पाएका हुन ।
उनको विपक्षमा नेकपा एमालेका १० र राप्रपाका १ प्रदेश सभा सदस्यले मतदान गरेका छन ।
