KhabarUjyalo

माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउँछौं : विप्लव

२१ फाल्गुन २०७९, आईतवार
माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउँछौं : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने चेतावनी दिएका छन् ।

शहीद तथा बेपत्ता परिवारले आइतबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गदै उनले माओवादी अपरधी नभएको स्पष्टिकरण दिए ।

‘आज माओवादीले सारा बिगार्‍यो भन्नेहरू छन् । प्रचण्डजी के गर्नुहुन्छ त्यो उहाँको कुरा । तर, मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने तागत हामीसँग छ’, उनले भने ।

माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दोहोर्‍याउने उनले चेतावनी दिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo