KhabarUjyalo

फेरि बढ्यो सुनको मूल्य

२१ फाल्गुन २०७९, आईतवार
फेरि बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले बढेको छ । अघिल्लो दिन (शुक्रबार) प्रतितोला एक लाख दुई हजार पाँच सय रूपैयाँ तोकिएको सुनको मूल्य आज एक लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार तीन सय रूपैयाँ छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ बढेर एक हजार दुई सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo