
धनगढी। कैलालीमा लागुऔषध कारोबारमा संलग्न पाँच जना पक्राउ परेका छन्।
जिल्लाको लम्किचुहा नगरपालिकाका ४० वर्षीय सुनिल शाही, बर्दगोरीयाका २६ वर्षीय निरज चौधरी, टिकापुर नगरपालिकाको २६ वर्षीय बालकृष्ण चौधरी, टिकापुरका २८ वर्षीय साबित्री मगर शाही, ३० वर्षीय प्रकाश बुढा र २२ वर्षीय कल्पना चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
