KhabarUjyalo

आजदेखि कैलालीको धनगढीमा मिस नेपाल २०२३ को अडिसन सुरु

१९ फाल्गुन २०७९, शुक्रबार
आजदेखि कैलालीको धनगढीमा मिस नेपाल २०२३ को अडिसन सुरु

धनगढी । धनगढीमा आज शुक्रबारदेखि मिस नेपाल २०२३ को छनौट प्रक्रिया सुरु हुने भएको छ। प्रतियोगितामा सहभागि हुन १६ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्ने द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले बताए।

न्यूनतम ५ फिट ३ इन्च उचाइ पुगेको हुनु पर्ने उनले बताए। उनका अनुसार मिस नेपाल प्रतियोगितालाई थप पराकिलो बनाउन यो पटक सात वटै प्रदेशबाट अडिसन लिन लागिएको छ। मिस नेपाल २०२३ को आवेदन चैत्र १, २०७९ (मार्च १५ २०२३) सम्म खुला रहनेछ।

मिस नेपाल २०२३ को फाइनल ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने आयोजकले बताएको छ। धनगढीस्थित रुवस होटलमा उक्त कार्यक्रम हुने आयोजकले जनाएको हो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo