KhabarUjyalo

भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

१९ फाल्गुन २०७९, शुक्रबार
भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

बझाङ । बझाङमा भिरबाट लडेर गम्भिर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

गत सोमवार घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी मष्टा गाउँपालिका वडा नम्बर १ कोटदेवलकी४३ वर्षीया खिनुदेवि खड्काको उपचारको क्रममा मृत्यु भएको हो।

उनको बिहीवार कोहोलपुर मेडिकल कलेजमा मृत्यु भएको परिवार स्रोतले बताएको छ। उनको जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि कोहोलपुर मेडिकल कलेज रेफर गरिएको थियो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo