KhabarUjyalo

आजबाट घोडाघोडी महोत्सव सुरु

१८ फाल्गुन २०७९, बिहीबार
आजबाट घोडाघोडी महोत्सव सुरु

धनगढी। कैलालीको सुखडमा आजबाट घोडाघोडी महोत्सव २०७९ सुरु भएको छ। आज एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य गङ्गा चौधरीले महोत्सवको १२ बजे उद्घाटन गर्ने घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गा गौतमले जानकारी दिए।

आजबाट सुरु हुने महोत्सव २८ गते सम्म जारी रहने छ। कैलाली मध्य क्षेत्रको व्यापार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष गौतमले बताए। प्रत्येक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहेको छ। महोत्सवमा १ सय स्टल रहेका छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo