KhabarUjyalo

छोरीको हत्या आरोपमा बुवा पक्राउ

१८ फाल्गुन २०७९, बिहीबार
छोरीको हत्या आरोपमा बुवा पक्राउ

धनगढी । बागलुङमा छोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जैमिनी नगरपालिका-४ सर्कुवाकी १८ महिनाकी अरिसा दिनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले जानकारी दिए। 

उनको हत्या आरोपमा बुवा २७ वर्षीय सायर दिन मियाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। ढुंगा प्रहार गरी हत्या गरी उनी फरार थिए। स्थानीयले घर रगताम्य देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले उनलाई पक्राउ गरेको डिएसपी थापाले बताए।

उनका अनुसार सायरले घरमा आफ्नी श्रीमतीमाथि पनि कुटपिट गर्थे। घरेलु हिंसाकै कारण श्रीमती एक महिनादेखि माइतीमै बस्दै आएकी थिइन्। 

छोरी भने बुवा सँग थिइन्। त्यसैबीच उनको हत्या भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo