KhabarUjyalo

कञ्चनपुरमा डुबेर एक बालकको मृत्यु

१८ फाल्गुन २०७९, बिहीबार
कञ्चनपुरमा डुबेर एक बालकको मृत्यु

धनगढी । कञ्चनपुर डुबेर एक बालकको मृत्यु भएको छ।जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथ बस्तीस्थित सिद्धविनायक इँटाभट्टामा काम गर्ने दिनेश चौधरीका डेढ वर्षका छोरा रोशनको डुबेर मृत्यु भएको हो।

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ का दिनेश चौधरीका डेढ वर्षको छोरा रोमन चौधरीको डुबेर मृत्यु भएको प्रहरीले बताए। खेलिरहेको अवस्थामा इँटाभट्टा बनाउन प्रयोग गरिने पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनको सोही ठाउँस्थित स्थानीय बिएन पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।     

यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo