KhabarUjyalo

बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

१८ फाल्गुन २०७९, बिहीबार
बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

बझाङ । बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ।

जिल्लाको बुङ्गल नगरपालिका–१० खेताचाल डौड की ५४ वर्षीया रत्ना देवी बागको भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको हो।

बुधबार साँझ ५ बजेको समयमा बुङ्गल नगरपालिका–४ झापामा रहेको कृषि विकास बैंकबाट नाती नातिनीको सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किनेक्रममा घर नजिकैको माझापड भन्ने ठाउँबाट करिब १ सय मिटर तल लडेर घटना स्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo