KhabarUjyalo

धनगढीमा एक फर्निचर उद्योगमा आगलागी,३० लाखको क्षती

१७ फाल्गुन २०७९, बुधबार
धनगढीमा एक फर्निचर उद्योगमा आगलागी,३० लाखको क्षती

धनगढी। धनगढीमा एक फर्निचर उद्योगमा आगलागी भएको छ।धनगढी उपमहानगरपालीका वडा नम्बर ६ मट्यारीमा रहेको न्यू लक्ष्मी समिल तथा फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

टीनको ट्रस्ट बनाउने क्रममा व्लिडिङ मेसिनबाट निस्किएको आगोको झिल्काले आगलागी भएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार धनगढी ६ स्थीत ढुङ्गे बजार स्थीत धर्मराज जोशीले सञ्चालन गरेको उक्त उद्योगमा आगलागी भएको बताए।

उनले सञ्चालकका अनुसार करिब २५ देखी ३० लाखको क्षती भएको बताए। डिएसपी चन्दले अहिले क्षतीको बिवरण संकलन भैरहेको बताएका छन्। आगलागी नियन्त्रणमा आइसकेको भएपनि क्षतिको थप विवरण भने आउन बाँकी रहेको उनले बताए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo