KhabarUjyalo

धनगढीमा करेन्ट लागेर एकजनाको मृत्यु

१७ फाल्गुन २०७९, बुधबार
धनगढीमा करेन्ट लागेर एकजनाको मृत्यु

धनगढी । कैलालीको धनगढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरका २० वर्षीय शर्बन रानाको करेन्ट लागेर मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका–१ का लल्ला श्रीवास्तवको घरमा विवाहको टेन्ट गाड्ने क्रममा फलामको पाईप बिजुलीको मेन लाईनमा छुँदा करेन्ट लागुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

टेन्ट लगाउने क्रममा करेन्ट लागेर अन्य २ जना घाइते भएका छन । घाइते दुवै जनाको कैलाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo