KhabarUjyalo

कैलालीमा लागुऔषध सहित तीन जना पक्राउ

१७ फाल्गुन २०७९, बुधबार
कैलालीमा लागुऔषध सहित तीन जना पक्राउ

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा लागूऔषध खैरो हेरोइन १ सय ८० मिलिग्रामसहित सोही नगरपालिका–६ बस्ने २४ वर्षीय जयकिशन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

यसैगरी गोदावरी नगरपालिका–५ बिजैराका ३२ वर्षीय ओकेन्द्र चौधरी र सोही नगरपालिका–६ भुयराका ३१ वर्षीय विष्णु चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय ३० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo