धनगढी : नेपाली काङ्ग्रेसका प्रवक्ता तथा युवा नेता बिश्वप्रकाश शर्माले स्थानीय तहमा राजनैतिक दलभन्दा पनि ब्यक्तित्वका आधारमा निर्वाचित गराउनु पर्ने बताएका छन् ।
आइतबार एक टेलिभिजनको अन्तर्वार्तामा आफ्नो ब्याक्तिगत धारणा रहेको भन्दै स्थानीय तहमा दलको चिन्ह नचाहिने ब्यक्तित्वलाई हेरेर जिताउदा स्थानिय तहमा बिकास हुने बताएका हुन् ।
सांसद निर्वाचनमा संसदमा पुगेर नीति निर्माण गर्न ठूलो प्रभाव पर्ने तर आफ्नो स्थानिय तहमा नगर प्रमुख,गाउपालिका अध्यक्ष,वडाअध्यक्ष जिताउन दल हेरेर जिताउनु पर्दैन बताए ।
नितिगत निर्माणमा पार्टी बिच प्रतिस्पर्धा गर्नु पर्ने तर स्थानिय ब्यक्तित्वलाई हेरेर जिताउदा जित्नेले कार्यभार समाल्छन र उपबिजेताले भएकाले स्थानियका अन्य सहकार्य संस्थामा नेतृत्वमा राख्न सकिने बताए ।