KhabarUjyalo

बास्तुशास्त्र अनुसार कस्तो घर बनाउने, जान्नैपर्ने १३ कुरा

१२ चैत्र २०७७, बिहीबार
बास्तुशास्त्र अनुसार कस्तो घर बनाउने, जान्नैपर्ने १३ कुरा

घर, पसल, वा प्लट खरिद गर्नुअघि त्यसको बनावट, वातावरण, धरातल, मुलभूत ढाँचाको समीक्षा गर्नुपर्छ । भूमीको चयन गर्नु त्यति सजिलो छैन, जति हामी ठान्ने गर्छौं । अतः घर निर्माण अघि वास्तु विज्ञानले निर्देश गरेको यी कुरा ख्याल गर्नैपर्छ ।
घरमा पर्याप्त प्रकाशको व्यवस्था हुनुपर्छ । साथै ताजा हावा आउजाउ गर्ने हुनुपर्छ ।

  1. वास्तु अनुसार शयनकक्ष अर्थात बेडरुम यस्तो हुनुपर्छ कि, सुतेको समय खुट्टा उत्तर दिशा र टाउको दक्षिण दिसामा होस् । सुतेको समयमा व्यक्तिको खुट्टा ढोकातर्फ हुन हुँदैन ।
  2. वास्तु अनुसार शौचालय घरको पश्चिम दिशामा बनाउनुपर्छ ।
  3. वास्तु अनुसार किचन घरको अग्नेय कोणमा हुनुपर्छ । खाना खाएको समयमा हाम्रो मुख पूर्व वा उत्तर दिशामा हुनुपर्छ । यसले सकारात्मक उर्जा संचार हुन्छ ।
  4. घर बनाउने स्थानमा दुर्गन्धित ढल, वर्कसप आदि भएको राम्रो मानिदैन ।
  5. ढलान भएको वा खोंचमा घर बनाउनु उपयुक्त हुँदैन ।
  6. हावा, पानी, प्रकाश, चौडा गल्ली भएको स्थान बसोबासका लागि उपयुक्त मानिन्छ ।
  7. त्रिभूज आकारको जग्गा कहिले पनि खरिद गर्नु हुँदैन । एकतिर ठूलो चौडा र अर्कोतिर एकदमै कम चौडा भएको जग्गा पनि शुभ मानिदैन ।
  8. भान्सा, बगैंचा अदि मूख्य द्वारको सामुन्ने बनाउनु हुँदैन ।
  9. मूख्य ढोकाको सामुन्नेमा पर्खाल हुनु हुँदैन ।
  10. सार्वजनिक ट्यांकीको छायाँमा घर बनाइयो भने, त्यहाँ बसोबास गर्न योग्य मानिदैन ।
  11. दुई ठूलो घरको बिचमा एक सानो घर भए, त्यस्तो सानो घरमा बस्नु उपयुक्त हुँदैन ।
  12. कुनै गल्ली वा आवास स्थलको अन्तिममा बनेको घर खरिद गर्नु उपयुक्त मानिदैन । सडक किनारमा बनेको घर पनि शुभ मानिदैन । नेपालहाउसबाट

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo