KhabarUjyalo

कञ्चनपुरमा नेपालकै महङगो बस सेवा संचालनमा

११ चैत्र २०७७, बुधबार
कञ्चनपुरमा नेपालकै महङगो बस सेवा संचालनमा

कञ्चनपुर : कञ्चनपुरमा अत्याधुनिक सेवा सुविधा सहितको बस संचालनमा आएको छ । बुधवार नमस्ते शुल्लाफाँटा यातायात प्रालीले (एसी मार्रकोपोलो मेङ्गा) बसको उद्घाटन गरेको हो । 

नेपालमै सबैभन्दा महङगो १ करोड भन्दा बढी मुल्य रहेको उक्त बसको सेवा आजबाट महेन्द्रनगर देखी काठमाण्डौमा सेवा दिने गरि संचालन गरिएको शुक्फाँटा यातायात प्रा.ली.ले जनाएको छ ।

देशै भरी ८ वटा मात्रै यो मोडेलको बस संचालनमा रहेको र अहिले कञ्चनपुरमा २ वटा र बाँकी २ वटा फेरी संचालनमा आउन लागेको नमस्ते शुक्लाफाँटा यातायात प्रालीका अध्यक्ष सिद्धराज बोहराले बताए ।

यातायात व्यवसायी संघका केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष दिलबहादुर करोलले सदूरपश्चिमबाट यातायातमा नयाँ आयाम थपिएको जिकिर गरे, कोरोना फेरी सक्रिय भएको बेलामा पछिल्लो समय यातायातका साधनलाई नेपाल सरकारले अहिले पनि निर्वाधरुपमा भारत तर्फ सवारी साधन संंचालन गर्न नदिँदा कतिपय सवारी साधन थन्किएको बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo