२२ असार २०७९, बुधबार

पूर्वमन्त्री गोकुल बाँस्कोटा पनि पत्रकार महासंघको सदस्य

११ चैत्र २०७७, बुधबार
[Sassy_Social_Share]
पूर्वमन्त्री गोकुल बाँस्कोटा पनि पत्रकार महासंघको सदस्य

काठमाडौं । पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटा नेपाल पत्रकार महासंघको हालसम्म सदस्य कायमै रहेको खुलेको छ ।

महासंघको निर्वाचन नजिकिएसँगै सार्वजनिक पत्रकारहरुको मतदाता नामावलीबाट बास्कोटा हालसम्म नै महासंघको सदस्य रहेको पाइएको हो ।

बास्कोटा पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री समेत हुन् । ७० करोड भ्रष्टाचार काण्डको अडियो सार्वजनिक भएपछि उनले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।

बास्कोटाको नाम मदतादा सूचीको दोस्रो नम्बरमै छ । एमाले अध्यक्ष केपी ओली निकट पूर्वमन्त्री बास्कोटाको नाम पनि महासंघको मतदाता सूचीमा देखिएपछि पत्रकारहरुमाझ यो विषयमा चर्चा सुरु भएको छ ।

कानुनतः पार्टीको केन्द्रीय सदस्य एवम् मन्त्री समेत भइसकेका व्यक्ति पत्रकार महासंघको सदस्य बन्न मिल्दैन ।

पूर्व पत्रकारसमेत रहेका बास्कोटा २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट सांसद बनेका थिए ।

कतिपय क्रियाशील पत्रकारकै नाम मतदाता नामावलीमा नभेटिएको गुनासो आइरहेका बेला पूर्वमन्त्री समेतले लगातार सदस्यता नवीकरण गरी मतदाता लिनुको पछाडीको रहस्य भने बहसको विषय बनेको छ । समाचारपत्र

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo